


धनगढी । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लामो समयदेखि फरार रहेका पाँच जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ।
कारागार कार्यालय कञ्चनपुरबाट भागी फरार रहेका तथा विभिन्न फौजदारी मुद्दामा दोषी ठहर भई फरार रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्ला कञ्चनपुरका विभिन्न स्थानका साथै डोटीका बासिन्दाहरू रहेका छन्। पक्राउ परेका प्रतिवादीहरूको विवरण निम्न बमोजिम रहेको छ:
-
नबिन राना: जिल्ला कञ्चनपुर, लालझाडी गाउँपालिका-२ निवासी। विद्युतीय कारोबार मुद्दामा ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएका उनी फरार थिए।
-
केशव सिंह योन्जन: जिल्ला कञ्चनपुर, पुनर्वास नगरपालिका-२ निवासी। सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय तोकिएका उनी पक्राउ परेका छन्।
-
रुद्र भुल: जिल्ला डोटी, जोराईल गाउँपालिका-३ निवासी। ज्यान मार्ने उद्योग मुद्दामा ३ वर्ष ६ महिना कैद सजाय सुनाइएका उनी फरार थिए।
-
सरोज राना: जिल्ला कञ्चनपुर, बेलौरी नगरपालिका-१ निवासी। कर्तव्य ज्यान मुद्दामा २ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएका उनी पक्राउ परेका छन्।
-
राहुल राना: जिल्ला कञ्चनपुर, बेलौरी नगरपालिका-१ निवासी। कर्तव्य ज्यान मुद्दामा २ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएका उनलाई पनि प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतले यस अपरेसनको जानकारी दिँदै पक्राउ परेका सबैलाई कानुनी प्रक्रिया अगाडि बढाइएको बताएका छन्।

