राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) धनगढी–५ को वडा सभापतिमा दिलिप खड्का सर्वसम्मत

cp new add
Nisharg hospital

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनगढी उपमहानगरपालिका वडा नं. ५ को अधिवेशनबाट दिलिप खड्का सर्वसम्मत रूपमा वडा सभापतिमा निर्वाचित हुनुभएको छ।

Nast Ad

अधिवेशनबाट खड्काको नेतृत्वमा सम्पूर्ण वडा कार्यसमिति सर्वसम्मत चयन भएको हो। नवनिर्वाचित सभापति खड्का सहित सम्पूर्ण वडा कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिइएको छ।

नवनिर्वाचित टिमले संगठनलाई थप सुदृढ गर्दै वडा तहमा जनसम्बन्ध विस्तार, नागरिकका समस्या तथा आवाजलाई प्राथमिकताका साथ उठाउने र पार्टीको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...