धनगढीमा पेस्तोल र घरेलु हतियारसहित युवक पक्राउ, कोठामै लुकाएका थिए

cp new add
Nisharg hospital

कैलाली । धनगढीमा पेस्तोल र घरेलु हतियारसहित युवकलाई पक्राउ गरिएको छ ।

Nast Ad

धनगढी उपमहानगरपालिका–५ सत्कार चोकमा कोठा गरी बस्दै आएका भारतको लखिमपुर खिरीका २४ वर्षीय साहिल खानलाई प्रहरीले कटुवा पेस्तुलसहित पक्राउ गरेको छ ।

मंगलबार राति वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले शंकाका आधारमा खानको कोठामा खानतलासी गरेको थियो । सो क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा कटुवा पेस्तोल एक थान, खुकुरी एक थान, फलामको रड एक थान, रेन्च एक थान, डिजिटल काटा एक थान र चाँदीजस्तो देखिने माला दुई थान, फलामको ‘टी’ एक थान र टर्चलाइट दुई थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बलराम पाण्डे नेतृत्वको टोलीले अप्रेसन गरेको थियो ।

बरामद गरिएका हतियार तथा सामग्रीसहित खानलाई नियन्त्रणमा लिइएको छ । उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...