गस्तीबाट फर्किने क्रममा कुलोमा चिप्लिएर लड्दा प्रहरी जवानको मृत्यु

cp new add
Nisharg hospital

दार्चुला । दार्चुलामा गस्तीबाट फर्किने क्रममा कुलोमा चिप्लिएर लड्दा एक प्रहरी जवानको मृत्यु भएको छ।

Nast Ad

जिल्लाको नौगाड गाउँपालिका–५ स्थित होपरीगाड प्रहरी चौकीमा कार्यरत प्रहरी जवान खेमराज भट्ट गएराति करिब १० बजे गस्तीका क्रममा पानीघट्टको कुलोमा चिप्लिएर लडेका थिए।

गम्भीर घाइते भएका भट्टलाई तत्काल उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको थियो। उपचारकै क्रममा बुधबार राति २: १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए।

प्रहरीका अनुसार रातिको गस्ती सकेर चौकीतर्फ फर्किने क्रममा उक्त दुर्घटना भएको हो। अन्दाजी २५ वर्षीय प्रहरी जवान भट्ट बैतडी जिल्लाका स्थायी बासिन्दा रहेको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...