कैलालीका १६९ विद्यार्थीलाई धनगढीले कक्षा ११–१२ का लागि छात्रवृत्ति दिने

cp new add
Nisharg hospital

धनगढी । धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११–१२ मा प्रदान गर्ने छात्रवृत्तिमा कैलाली जिल्लाका १६९ जना विद्यार्थी छनोट भएका छन्।

Nast Ad

एसईई परीक्षाको नतिजाका आधारमा तयार पारिएको योग्यताक्रम (मेरिट सूची) अनुसार उनीहरू विभिन्न संस्थागत विद्यालयमा अध्ययनका लागि छनोट भएका हुन्।

उपमहानगरपालिकाका अनुसार छनोट भएका विद्यार्थीहरूमध्ये विज्ञान संकायमा ९७, व्यवस्थापनमा ५५, होटल म्यानेजमेन्टमा १०, कानूनमा ४ र शिक्षा संकायमा ३ जना रहेका छन्। उपलब्ध छात्रवृत्तिमध्ये सबैभन्दा बढी विद्यार्थी विज्ञान संकायमा छनोट भएका छन्।

आर्थिक अवस्था कमजोर भएका तर पढाइमा जेहेन्दार विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच पुर्‍याउने उद्देश्यले उपमहानगरपालिकाले हरेक वर्ष यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस वर्ष विभिन्न जिल्लाबाट कुल ३५४ जना विद्यार्थी छात्रवृत्तिका लागि छनोट भएका छन्, जसमध्ये सबैभन्दा ठूलो हिस्सा कैलालीका विद्यार्थीको रहेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...