


धनगढी । कैलालीको गौरीगंगामा एक पसलमा आगलागी भएको छ।
गौरीगंगा नगरपालिका -१ बस्ने धर्म राज ढुङ्गानाले संचालन गरेको गौरीगंगा ट्रेड एण्ड सप्लायर्स पसलमा शुक्रबार राति विद्युतको तार सट भई आगलागी भएको हो।
आगलागीबाट भएको क्षतिको थप विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ। स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

