कैलालीमा वन अतिक्रमण हटाइरहेका कर्मचारीले टेम्पो नै भिरमा खसालेपछि…

cp new add
Nisharg hospital

कैलाली ।  परिवारको गुजारा चलाउने एउटै आधार थियो, जीएसए टेम्पो। त्यही टेम्पोबाट दैनिक व्यापार गरेर जीवन धानिरहेकी कैलालीको गोदावरी नगरपालिका–४ बासपानीकी धनादेवी धामी अहिले न्यायको खोजीमा भौतारिइरहेकी छन्।

Nast Ad

उनका अनुसार डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले गाईमारेडाँडास्थित सडकछेउमा राखिएको टेम्पोबाट सामान झारेर भिरमा खसालिदिए। टेम्पो क्षतिग्रस्त बनेपछि उनको जीविकोपार्जनको माध्यम नै समाप्त भएको छ।

“सामान झार्नुभयो, गाडी घर लैजान्छौँ भन्यौँ, तर कसैले सुन्न चाहेन,” धामीले गुनासो गरिन्। उनका अनुसार घटनापछि परिवारको दैनिकी नै अन्योलमा परेको छ।

वन कार्यालयले भने अतिक्रमण नियन्त्रण अभियानअन्तर्गत ४७ वटा संरचना हटाइएको जनाएको छ। तर स्थानीयवासीले कानुन कार्यान्वयनका नाममा सर्वसाधारणको जीवनयापनको साधन नै नष्ट गरिएको भन्दै असन्तुष्टि जनाएका छन्।

डिभिजन वन कार्यालयका सूचना अधिकारी जिवछ यादवले पटक–पटक हटाउन आग्रह गरिएको र टेम्पो भिरमा फाल्ने नियत नभएको बताएका छन्। कार्यालय प्रमुख रामबिचारी ठाकुरको प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन।

घटनापछि धनादेवीले एउटै प्रश्न उठाएकी छन्—“यदि गल्ती थियो भने कानुनी कारबाही हुनुपर्थ्यो, तर मेरो रोजीरोटी नै किन खोसियो ?”

यो घटनाले वन अतिक्रमण नियन्त्रण अभियानसँगै राज्यका निकायले कानुन कार्यान्वयन गर्दा मानवीय संवेदनशीलता कत्तिको अपनाइरहेका छन् भन्ने प्रश्नलाई समेत बहसको केन्द्रमा ल्याएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...