धनगढीमा भन्सार छलीका सामान बरामद

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी।  कैलाली प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याइएका करिब ७९ हजार रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ।

शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ त्रिनगर र वडा नं. १३ मोहनपुर क्षेत्रबाट बेवारिसे अवस्थामा रहेका अन्दाजी ७८ हजार ९२० रुपैयाँ बराबरका सामान फेला पारी नियन्त्रणमा लिएको हो।

बरामद गरिएका सामानमा सुर्ती, सुटपिस, स्याम्पु, साबुन, सिरप तथा विभिन्न किराना सामग्री रहेका छन्।

प्रहरीका अनुसार भन्सार छली गरी नेपाल भित्र्याइएका ती सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...