


धनगढी । कैलालीको अत्तरियामा जेसिजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार जेसिजको आयोजनामा अत्तरिया बसपार्कमा सम्पन्न रक्तदान कार्यक्रममार्फत ६९ पिन्ट रगत संकलन भएको छ ।
जेसिज अत्तरियाका स्वास्थ्य संयोजक ज्ञानेन्द्र खड्काले संयोजकत्व र व्यवस्थापनमा सम्पन्न रक्तदान कार्यक्रममा अत्तरिया क्षेत्रमै अहिलेसम्मकै धेरै पिन्ट रगत संकलन भएको बताइएको छ ।
संयोजक खड्काअनुसार रक्तदान कार्यक्रम बिहान ७ देखि १० बजेसम्म चलेको थियो । जेसिजले सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम आयोजना गरिएको जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी धनगढीको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद दिइएको छ ।

