उद्योग वाणिज्य संघको टेम्पो भिरबाट खसालिएको घटनाको छानबिन गर्न माग

cp new add
Nisharg hospital

धनगढी । डिभिजन वन कार्यालय कैलालीले भीमदत्त राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका वडा नं. ४ मा सडक छेउको अतिक्रमण हटाउने क्रममा नागरिकमाथि अमानवीय व्यवहार र बल प्रयोग गरेको भन्दै कैलाली उद्योग वाणिज्य संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

Nast Ad

संघका अध्यक्ष पुष्कर राज ओझाद्वारा जारी प्रेस विज्ञप्तिमा, वन क्षेत्रको गैरकानुनी अतिक्रमण नियम, कानुन र स्थापित प्रक्रियाअनुसार हटाउने कार्यलाई संघले सदैव समर्थन गर्ने स्पष्ट पार्दै, अतिक्रमण हटाउने नाममा सम्बन्धित निकायका कर्मचारीबाट सर्वसाधारणमाथि गरिने गैरजिम्मेवार कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गरिएको छ।

प्रेस विज्ञप्तिमा जनाइए अनुसार, सो क्षेत्रमा पुरानो टेम्पोमा किराना व्यवसाय सञ्चालन गरी जीविकोपार्जन गर्दै आएकी धना देवी धामीको टेम्पो वन कर्मचारीहरूले भीरबाट खसालेका छन्। संघले उक्त घटनासहितका अमानवीय र गैरजिम्मेवार व्यवहारप्रति घोर भर्त्सना गरेको छ। यस्ता कार्यहरूले कानुनी शासन, मानव अधिकार र जिम्मेवार सार्वजनिक सेवाको मूल्यमान्यतामाथि नै प्रश्न उठाएको संघको ठहर छ।

कैलाली उद्योग वाणिज्य संघले उक्त घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न र पीडितलाई न्याय सुनिश्चित गर्न सम्बन्धित निकायसमक्ष जोडदार माग गरेको छ।

साथै, सम्पूर्ण सरोकारवाला निकायहरूलाई कानुन, मानव अधिकार तथा नागरिक मर्यादाको सम्मान गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्न संघले हार्दिक अपिल समेत गरेको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...