


धनगढी । बैतडीको पाटनमा तीन दिनदेखि बेपत्ता बृद्धको शव भेटिएको छ । पाटन नगरपालिका–८ का ६८ वर्षीय जयसिंह महराको शव फेला परेको प्रहरीले जनाएको छ ।
महराको शव पाटन नगरपालिका–२ को थलकुडाको स्थानीय भिरमा फेला परेको हो । घटनास्थल कार्य सकेर उनको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
महरा केही दिनअघि भैँसी खरिद गर्न घरबाट निस्किएका थिए । पछि उनी बाटोबाटै छुटिएका थिए । परिवारको समेत सम्पर्कमा नआएपछि महराको खोजी थालिएको थियो ।

