आजको मौसम : कतै बादल र वर्षाको भेल,कतै टन्टलापुर घाम र तातो दिन

cp new add
Nisharg hospital

काठमाडौँ । हाल नेपालको मौसममा विभिन्न मौसमी प्रणालीहरूको संयुक्त प्रभाव देखिएको छ।

Nast Ad

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखासँगै स्थानीय वायु र पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। यसैका कारण देशका फरक(फरक भू(भागमा मौसमको विविध रूप देखिन थालेको छ।

अहिले देशको हिमाली र पहाडी भू(भागका साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली भएको छ। बाँकी तराई भू(भागमा भने मौसम मुख्यतया सफा छ। यतिबेला कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानहरूमा र कर्णाली प्रदेशको एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

सोमबारको मौसम पूर्वानुमान हेर्दा देशको हिमाली भू(भाग र कोशी प्रदेशको पहाडी भू(भागमा साधारणतया बादल लाग्ने देखिन्छ। देशका अन्य पहाडी भू(भागका साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। यसैगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू(भागमा भने मौसम मुख्यतया सफा रहनेछ।

मौसममा आएको यो परिवर्तनसँगै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू(भागका थोरै स्थानहरूमा पानी पर्ने सम्भावना छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनुका साथै हिमपातको समेत सम्भावना रहेको छ। पहाड र हिमालमा मात्र नभई कोशी प्रदेशको तराईका थोरै स्थानहरू र मधेस प्रदेशको पनि एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने मौसमविद्को भनाइ छ।

एकतर्फ पहाडी र पूर्वी तराई क्षेत्रमा वर्षाको सम्भावना रहँदा अर्कोतर्फ पश्चिम तराईमा भने गर्मीले जनजीवन प्रभावित पार्ने देखिएको छ। महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू(भागका केही स्थानहरूमा सोमबार तातो दिन हुने सम्भावना छ। ती क्षेत्रमा अत्यधिक गर्मी बढ्ने र तातो हावा चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...