कैलालीमा कर्णाली नदी किनारमा अवैध सामान बरामद

cp new add
Nisharg hospital

धनगढी । कैलालीको टिकापुर नगरपालिका–८ श्रीलङ्का क्षेत्रमा प्रहरीले भन्सार छली गरेर भारतबाट ल्याइएका विभिन्न सामान बरामद गरेको छ।

कर्णाली नदी किनारबाट अन्दाजी १ लाख ८४ हजार ७२० रुपैयाँ बराबरका पानी टेप, चेक भल्भ, सकेट, नट–बोल्ट, ट्युब तथा एउटा मोटरसाइकल लगायतका सामान आइतबार बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले उक्त सामान नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ। बरामद सामान सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...