कैलालीमा खैरो हेरोइनसहित किशोर पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकामा अवैध लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्।

Nast Ad

लम्कीचुहा नगरपालिका–७ हरैयापुरका १८ वर्षीय किशोरलाई ८२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले लम्कीचुहा–६ तिलखामा से ४ प ७४८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको हो।

प्रहरीले लागूऔषध, मोटरसाइकल तथा किशोरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...