


धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बिक्रम सिंह धामीले सोमबार अबेर राति ल्याएको बजेटको वक्तव्य झन्डै १८ घण्टापछि सार्वजनिक गरिएको छ । धामीले सोमबार मध्यरातमा प्रदेश सभामा अगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रतिपक्षको बहिष्कारबीच प्रस्तुत गरेका थिए ।
धामीले कुल ३७ अर्ब ७० करोड ३९ लाख बजेट प्रस्तुत गरेका थिए । तर बजेट वक्तव्यमा चालु खर्च र पुँजीगत खर्चको रकम भने अझै खुलाइएको छैन ।
यति मात्र होइन वक्तव्यमा मन्त्रालयगत विनियोजन समेत लुुकाइएको थियो । अहिले सार्वजनिक बजेट वक्तव्यको पूर्ण पाठमा पनि छुटेका कुराहरु समावेश गरेको छैन ।
आर्थिक मामिला मन्त्रालयले भने केही प्राविधिक कारणले मात्र बजेट वक्तव्य सार्वजनिक गर्न ढिलाइ भएको दाबी गरेको छ ।
बजेट वक्तव्यको पूर्णपाठ पढ्नुहोस्

