हाडनाता करणी गर्ने कञ्चनपुरका ओड पक्राउ, ३ वर्ष जेल बस्ने

cp new add
Nisharg hospital

कञ्चनपुर । हाडनाता करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

Nast Ad

फैसला कार्यान्वयनको क्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–९ ब्रह्मदेव निवासी २८ वर्षीय सन्तोष राम ओडलाई पक्राउ गरेको हो।

जिल्ला अदालत कञ्चनपुरको विभिन्न मितिको फैसलाले उनलाई हाडनाता करणी मुद्दामा ३ वर्ष कैद सजाय र ३० हजार रुपैयाँ जरिवाना तोकेको थियो। सजाय तथा जरिवाना भुक्तान नगरी फरार रहेका ओडलाई प्रहरीले बिहीबार पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका ओडलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...