press
po

पुष्करनाथ : दलीय राजनीतिको विरासत जोगाउने चुनौती

cp new add
Nisharg hospital
dhanga
Rubic

१९ कात्तिक, धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले आफ्नो जित सुनिश्चित भएको दाबी प्रस्तुत गरेका छन् । धेरैले सत्तारुढ गठबन्धनका डिल्लीराज पन्त र एमालेका नारदमुनी रानाबीच मुख्य प्रतिस्पर्धा हुने बताइरहेका बेला ओझाले सबै दलका नेता, कार्यकर्ताको सद्भाव आफूप्रती भएकाले चुनाव जित्नेमा ढुक्क भएको दाबी गरेका हुन् ।

sanjiwan
Nisharg

अहिलेका राजनीतिक दलप्रती आम रुपमा देखिएको वितिष्णालाई केन्द्र भागमा राखेर मतदाता रिझाइरहेका ओझा देशभर देखिएको स्वतन्त्रको आकर्षण नै चुनाव जित्ने पहिलो आधार भएको बताउँछन । ‘चुनावी प्रचारप्रसारमा होमिएका बेला मैले आम मतदातामा कुनै पनि राजनीतिक दलले राम्रो काम गरेका छैनन् भन्ने व्यापक गुनासो रहेको पाए, ओझाले प्रेसपत्रसँग भने, आम मानिसमा अहिलेका पार्टीलाई दण्डित गर्नुपर्छ भन्ने साझा धारणा विकसित देखिन्छ । देशभरी जस्तै कैलालीमा पनि स्वतन्त्र व्यक्तिका पक्षमा ठूलो जनमत छ ।’

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

यति मात्र नभएर विगतमा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएका बेला गरेका जनपक्षीय काम, गलत प्रवृत्तिविरुद्ध आवाज उठाएकै कारण अन्यायमा परेका व्यक्तिको समर्थन आफूलाई रहेको उनको दाबी छ । यिनै विभिन्न आधारले कैलाली–५ मा सत्ता गठबन्धन र एमालेका उम्मेदवारको विकल्प आफू भएको ओझाको भनाई छ ।

HAMRO DAIRY

नेपाली कांग्रेसले अनुशासनको कारवाही गर्दै पार्टीबाट निष्काशन गरेपछि स्वतन्त्र नागरिकका रुपमा बाचिरहेको बताउने उनले पार्टीको विद्रोही उम्मेदवार नभएको दाबी समेत गरेका छन् । २०७० सालको उपनिर्वाचनमा कैलाली–५ बाट विजयी भएका ओझा मुलुकमा संघियता आएपछि २०७४ मा भएको आम निर्वाचनमा पनि उम्मेदवार बन्ने दौडमा थिए तर प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजुलाई उम्मेदवार बनाएपछि रुष्ट भएका थिए । आरजु एमालेका नारदमुनी रानासँग पराजीत भएपछि हराउन भूमिका खेलेको आरोप लगाउदै कांग्रेसले उनलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गरेको थियो ।

अहिलेको निर्वाचनमा यसै क्षेत्रबाट उम्मेदवार बन्ने तयारीमा रहेकी आरजु ओझाकै कारण अन्तिम समयमा आएर समानुपातिक कोटामा बसेकी थिइन् । उनकै स्वार्थमा कांग्रेसले डिल्लीराज पन्तलाई प्रतिनिधिसभा सदस्यको टिकट दिएको चर्चा छ । ओझा पार्टीले कारवाही गरेपनि कांग्रेस नेता कार्यकर्ताकै समर्थनमा अगामी चुनाव जसरी पनि जित्ने रणनीतिमा देखिन्छन् ।

कैलाली कांग्रेसको राजनीतिमा ओझाको प्रभाव कायमै हुनु उनको चुनाव जित्ने मुख्य आधार भएको नेताहरु बताउँछन् । यद्यपी कैलाली–५ का मतदातालाई दलीय लाभमा सांसद हुदै राज्यमन्त्री समेत भइसकेका ओझालाई स्वतन्त्र उम्मेदवारका हैसियतमा अनुमोदन गर्लान् ? यो प्रश्नको जवाफ मंसिर ४ पछि पाइने पक्का छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...