कञ्चनपुरमा वडा अध्यक्षमाथि हातपात गर्ने पत्रकार कुँवर पक्राउ, अभद्र व्यवहारको मुद्दा चलाइने

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुरमा वडाध्यक्षमाथि सार्वजनिक कार्यक्रममा हातपात र दुव्र्यवहार गरेपछि पत्रकार ऐश्वर्या कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।

Nast Ad

भीमदत्त नगरपालिका–१८ का वडा अध्यक्ष रविन्द्र देवकोटामाथि महेन्द्रनगरस्थित एक होटलमा सार्वजनिक कार्यक्रममा पुगेर कुँवरले हातपात गरेकी थिइन् ।

आपसी भनाभनका क्रममा कुँवरले वडाध्यक्ष देवकोटामाथि मुक्का प्रहार गरेको सार्वजनिक भिडियोमा प्रष्ट देखिएको छ । उनलाई तत्कालै वडा प्रहरी कार्यालयको टोलीले घटनास्थलबाट नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले कुँवरलाई पक्राउ गरेर जिप्रकाको हिरासतमा राखिएको बताए । उनीविरुद्ध वडाध्यक्ष देवकोटाले अभद्र व्यवहार शिर्षकमा किटानी जाहेरी दिएको बताउँदै डीएसपी रावतले मुद्दा प्रक्रियामा अघि बढ्ने जानकारी दिए ।

कुुँवरले आफ्नो फेसबुकमा भिडियो शेयर गर्दै वडाध्यक्षले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएकी छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...