


१९ कात्तिक, धनगढी । नेपथ्य ब्यान्ड मङ्सिर १६ देखि पुस १६ मानव सेवा आश्रमको सहकार्यमा देशव्यापी साङ्गीतिक यात्रा गर्ने भएको छ ।
लामो समयदेखि मुलुकको समसामयिक भोगाइलाई सम्बोधन गर्ने नारा बोकेर साङ्गीतिक यात्रा गर्दै आएको नेपथ्यले अब फेरि नयाँ नारा र अठोटका साथ आफूलाई एक महिना लामो देशव्यापी साङ्गीतिक यात्रामा प्रस्तुत गर्ने भएको हो ।
मङ्सिर १६ देखि पुस १६ सम्म नेपालको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म पुग्ने तयारीमा रहेको यो ब्यान्ड यसै पालादेखि नयाँ अठोटका रूपमा ‘मानवता प्रवद्र्धन अभियान’मा सहभागी हुँदै छ । अभियान अन्तर्गत मंसीर १६ गते प्रदेश १ को विराटनगर‚ मंसीर १९ गते मधेश प्रदेशको वीरगञ्ज‚ मंसीर २२ गते बागमती प्रदेशको हेटौंडाको भुटनदेवी स्कूल मैदान र मंसीर २५ गते चितवनको नारायणघाट तथा मंसीर २९ गते लुम्बिनी प्रदेशको नेपालगञ्जमा नेपथ्यले प्रस्तुति दिनेछ ।
यस्तै‚ पुस ३ गते सुदूरपश्चिम प्रदेशको धनगढी‚ पुस ६ गते कर्णाली प्रदेशको सुर्खेत‚ पुस ९ गते लुम्बनीको बुटवल‚ पुस १२ गते गण्डकी प्रदेशको पोखरा र अन्तम प्रस्तुति पुस १६ गते संघीय राजधानी काठमाडौंमा हुनेछ ।
नेपथ्यको प्रस्तुति हेर्न दर्शकले १ हजारको टिकट किन्नु पर्ने आश्रमले जनाएको छ । उक्त अभियानमा सबै जोडिन आश्रमले आग्रह पनि गरेको छ ।

