कैलालीमा बाेलेरो जिपकाे ठक्करबाट साइकल यात्री गम्भीर घाइते

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा बाेलेरो जिपकाे ठक्करबाट साइकल यात्री गम्भीर  घाइते भएका छन् ।

Nast Ad

घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सु.प.प्र.०२–००१ च १३७८ नम्बरको कुखुरा बोकेको बलेरो जिपले विपरीत दिशाबाट आउँदै गरेका साइकलयात्री घोडाघोडी नगरपालिका–५ का करिब १६ वर्षीय सन्दिप चौधरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि जिप सडकमै पल्टिएको थियो।

घाइते चौधरीको टाउकोमा गम्भीर चोट लागेको छ। उनलाई प्रारम्भिक उपचारपछि सीएस अस्पताल सुखडबाट थप उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल रिफर गरिएको छ। उपचारका क्रममा उनका बुवा पहाडी लाल चौधरी पनि अस्पतालमा रहेका छन्।

दुर्घटनापछि फरार भएका बाेलेरो चालक कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ निवासी ४५ वर्षीय सर्जन सार्कीलाई प्रहरीले पछि नियन्त्रणमा लिएको छ। जिपमा रहेका सहचालक ३१ वर्षीय नरेन्द्र भारती सुरक्षित रहेका छन्।

प्रहरीले दुर्घटनामा संलग्न जिप र साइकल नियन्त्रणमा लिएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...