
काठमाडौँ । ‘विश्व स्वास्थ्य सङ्गठन’ का अनुसार, विश्वमा हरेक वर्ष लाखौँ मानिसको कपाल समयभन्दा पहिले नै फुल्छ।

‘नेसनल इन्स्टिच्युट अफ हेल्थ’ का अनुसार, विश्वका २५५ भन्दा बढी मानिसको कपाल समयअगावै फुल्ने गर्छ। यसलाई ‘प्रिम्याच्योर ग्रेइङ’ भनिन्छ।
मेलानिनको मात्रा कम भएपछि कपाल सेतो देखिन थाल्छ। सामान्यतया यस्तो ४० वर्षको उमेरपछि हुन्छ। तर यो पहिल्यै भइरहेको छ भने यसलाई ‘प्रिम्याच्योर ग्रेइङ’ भनिन्छ। यसका लागि वंशाणुगत गुण, खराब जीवनशैली र पोषणको कमीजस्ता धेरै कारण जिम्मेवार छन्।
त्यसैले आज हामी समयअगावै कपाल फुल्ने समस्याको बारेमा कुरा गर्नेछौँ। साथै जान्नेछौँ, कुन कारणले कम उमेरमै कपाल फुल्छरु
‘प्रिम्याच्योर ग्रेइङ’ भनेको के हो ?
जवाफ-कपालको कालो रङ मेलानिन पिग्मेन्टबाट बन्छ। उमेर बढ्दै जाँदा कपालको जराले मेलानिन बनाउन कम गर्छ। यसले गर्दा कपाल सेतो देखिन थाल्छ। यो प्रक्रिया २०/३० वर्षको उमेरमै सुरु भयो भने यसलाई ‘प्रिम्याच्योर ग्रेइङ’ भनिन्छ।
वंशाणुगत वा स्वास्थ्यसम्बन्धी कुनै समस्या छैन भने मानिसको कपाल ३०(४० वर्षको उमेरमा फुल्न सुरु हुन्छ। ५० वर्षको उमेरसम्म धेरैजसो मानिसको कपाल सेतो वा खैरो भइसक्छ।
‘प्रिम्याच्योर ग्रेइङ’ को समस्या किन हुन्छ ?
टाउकोको छालामा रहेका कोषहरूले पर्याप्त मात्रामा मेलानिन बनाउन सकेनन् वा बनाउनै बन्द गरे भने कपाल फुल्न थाल्छ। यसका धेरै कारण हुन सक्छन्।
धुम्रपान
जेनेटिक्स(वंशाणुगत)
पोषक तत्त्वको कमी
प्रदूषण
तनाव र एन्जाइटी
परावैजनी ० किरणको प्रभाव
थाइरोइडको समस्या
केही भिटामिन र मिनरलको कमीका कारण पनि समयअगावै कपाल फुल्न सक्छ। यी पोषक तत्त्वको कमीले कपाल फुल्छ :
भिटामिन बी१२
भिटामिन डी
जिंक
आइरन
कपर
फोलेट
तनाव र एन्जाइटीका कारण कपाल किन फुल्छ ?
लामो समयसम्म तनाव र एन्जाइटी हुँदा शरीरमा स्ट्रेस हर्मोन बढ्छ। यसले कपालको जरामा हुने मेलानिन बनाउने कोषहरू प्रभावित हुन्छन्।
जसको कारण मेलानिन कम बन्न थाल्छ र कपाल फुल्छ। तनावले अक्सिडेटिभ स्ट्रेस बढाउँछ, जसले गर्दा मेलानिन बनाउने कोषहरू नष्ट हुन सक्छन्।
धेरै घाममा बस्दा कपाल फुल्न सक्छरु
सक्छ, धेरै घामको प्रभावले कपाललाई नोक्सान पुर्याउन सक्छ। यूभी किरणले अक्सिडेटिभ स्ट्रेस बढाउँछ, जसले मेलानिनलाई हानि गर्न सक्छ।
यद्यपि, घाम मात्रै ‘प्रिम्याच्योर ग्रेइङ’ को मुख्य कारण होइन। जेनेटिक्स, पोषणको कमी र अन्य स्वास्थ्य समस्याहरू यसका ठूला कारण हुन्।
खराब जीवनशैलीले ‘प्रिम्याच्योर ग्रेइङ’ को जोखिम बढाउन सक्छ। जस्तै :
धुम्रपान
निद्राको कमी
अस्वस्थ खानपान
निरन्तर तनाव
कम शारीरिक सक्रियता
केही रोगका कारण मेलानिन बनाउने कोषहरू प्रभावित हुन सक्छन्। यसबाट समयअगावै कपाल फुल्न सक्छ। जस्तैस्
थाइरोइड डिसअर्डर
भिटिलिगो
अन्य अटोइम्युन अवस्थाहरू
दुर्लभ वंशाणुगत समस्याहरू
कपाल कालो राख्न खानपानमा कस्तो परिवर्तन गर्नुपर्छरु
कपाल कालो र स्वस्थ राख्न भिटामिन बी१२, आइरन, कपर, जिंक, फोलिक एसिड र प्रोटिनयुक्त खानेकुरा खानुपर्छ।
स्वस्थ कपालको लागि खानेकुराहरु
दूध-दही
हरिया सागसब्जी
दाल
ड्राइ फ्रुट्स
गेडागुडी
फलफूल
अण्डा
माछा।
कपाल कालो राख्न समग्र जीवनशैलीमा यी महत्त्वपूर्ण परिवर्तन गर्नुहोस्स्
पर्याप्त सुत्नुहोस्स् शरीरको रिकभरी र कोषहरूका लागि दैनिक ७-९ घण्टाको निद्रा आवश्यक छ।
तनाव व्यवस्थापन गर्नुहोस्स् योग, ध्यान र गहिरो श्वासप्रश्वास मद्दत गर्छ।
नियमित व्यायाम गर्नुहोस्स् रक्तसञ्चार र समग्र स्वास्थ्य राम्रो रहन्छ।
सन्तुलित आहार लिनुहोस्स् कपालको लागि भिटामिन, मिनरल र प्रोटिनयुक्त आहार जरुरी छ।
केमिकल र हिटबाट बच्नुहोस्स् बारम्बार डाई गर्ने, ब्लिच गर्ने वा हिट स्टाइलिङ गर्दा कपाल ड्यामेज हुन सक्छ।
धुम्रपान नगर्नुहोस्स् यसले ‘प्रिम्याच्योर ग्रेइङ’ को जोखिम बढाउँछ।
स्वस्थ कपालका लागि के गर्नेरु
प्रोटिनयुक्त आहार लिनुहोस्।
आइरन, जिंक, बायोटिन लिनुहोस्।
पर्याप्त पानी पिउनुहोस्।
दैनिक ७(९ घण्टा सुत्नुहोस्।
तनावलाई नियन्त्रण गर्नुहोस्।
नियमित व्यायाम गर्नुहोस्।
स्क्याल्प एकदम सफा राख्नुहोस्।
हिट र केमिकल ट्रिटमेन्टबाट बच्नुहोस्।
चुरोट तथा सुर्तीबाट टाढा रहनुहोस्।
घाम, धुलो र प्रदूषणबाट बच्नुहोस्।
भिजेको कपाल नमाड्नुहोस्।
कुनै पनि समस्यालाई बेवास्ता नगर्नुहोस्।
‘प्रिम्याच्योर ग्रेइङ’ सँग जोडिएका साझा प्रश्नोत्तर
के फुलेको कपाल फेरि कालो हुन सक्छ ?
सामान्यतया पूर्ण रूपमा फुलिसकेको कपाल फेरि कालो हुँदैन। फुलेको कारण भिटामिन वा मिनरलको कमी हो भने त्यो फेरि कालो हुन सक्छ। जस्तै :
भिटामिन बी१२ को कमी छ भने।
आइरनको कमी छ भने।
थाइरोइडको समस्या छ भने।
उचझबतगचभ नचभथष्लन घ
फुलेको कपाल उखेल्दा धेरै कपाल फुल्छन्रु
अहँ, यो एउटा भ्रम मात्र हो। एउटा फुलेको कपाल उखेल्दा त्यसको ठाउँमा धेरै सेता कपाल पलाउँदैनन्। एउटा हेयर फोलिकल ९कपालको जरा० बाट सामान्यतया एउटा मात्र कपाल उम्रिन्छ। यद्यपि, बारम्बार कपाल उखेल्दा हेयर फोलिकल ड्यामेज हुन सक्छ। यसले गर्दा कपाल पातलो हुन सक्छ वा त्यो ठाउँमा कपाल उम्रिन बन्द हुन सक्छ।
आमाबुवाको कपाल चाँडै फुलेको थियो भने छोराछोरीको पनि त्यसैगरी फुल्छरु
हो, जेनेटिक्स ‘प्रिम्याच्योर ग्रेइङ’ को सबैभन्दा महत्त्वपूर्ण कारण हो। आमाबुवाको कपाल कम उमेरमै फुलेको थियो भने छोराछोरीको पनि चाँडै कपाल फुल्ने सम्भावना बढ्छ। यद्यपि, हरेक अवस्थामा यस्तो हुन्छ भन्ने जरुरी छैन। खानपान, जीवनशैली, स्वास्थ्य र वातावरणीय तत्त्वले पनि यसमा भूमिका खेल्छन्।
हेयर कलर लगाउँदा कपाल चाँडै फुल्छ ?
त्यस्तो जरुरी छैन। हेयर कलरले मेलानिन उत्पादनलाई असर गर्दैन। त्यसैले प्रत्यक्ष रूपमा यसका कारण कपाल चाँडै फुल्दैन। यद्यपि, बारम्बार वा गलत तरिकाले हेयर कलर, ब्लिच र केमिकलको प्रयोग गर्दा कपाल रुखो, कमजोर वा ड्यामेज हुन सक्छ।
कपाल फुल्ने समस्यासँगै कस्ता लक्षण देखिएमा डाक्टरसँग परामर्श गर्नुपर्छरु
निम्न लक्षण देखिएमा डाक्टरसँग परामर्श गर्नुहोस्स्
कम उमेरमै अचानक तीव्र रूपमा कपाल फुल्न थालेमा।
कपाल फुल्नुको साथै धेरै झरिरहेको भएमा।
‘प्रिम्याच्योर ग्रेइङ’ सँगै धेरै थकान र कमजोरी महसुस भएमा।
अचानक तौल बढ्ने वा घट्ने भएमा।
छालामा सेता दागहरू पनि देखिएमा।
असामान्य रूपमा धेरै जाडो वा गर्मी महसुस भएमा।
परिवारमा थाइरोइड वा अटोइम्युन रोगको इतिहास भएमा।

