आफूहरूको ‘अपमान’ भएको भन्दै गृहमन्त्रीको भनाइ रेकर्डबाट हटाउन नेकपा सांसदको माग

cp new add
Nisharg hospital

काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले संसद्को रोस्ट्रमबाट सम्बोधन गर्ने क्रममा उच्चारण गरेको ‘घाँटी सुक्नेगरी’ शब्दलाई रेकर्डबाट हटाउन माग गरेका छन् ।

Nast Ad

शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा गृहमन्त्री गुरुङ संसद्मा घाँटी सुक्नेगरी कराएर मात्रै नहुने बताएका थिए ।

उनले मुगुका २५ वर्षीय गणेश नेपालीको घटनामा सांसदहरूले व्यापक प्रश्न उठेपछि जवाफ दिएका थिए । जवाफका क्रममा उनले ‘यहाँ घाँटी सुक्नेगरी कराउनेहरू को को हस्पिटल पुग्नुभएको थियो ? भनी प्रश्न गरेका थिए । उक्त विषयमा सांसद शर्माले आपत्ति जनाएका हुन् । उनले यसलाई सांसदहरूमाथि गरिएको अपमानको रुपमा व्याख्या गरे ।

‘सदनले सरकारलाई सदनमै खोज्ने हो । सरकारको जिम्मेवार प्रतिनिधिले घटना के भएको छ भनेर सदनलाई जानकारी दिने हो , त्यो जिम्मेवारी हो । सदनमा सांसदहरूले प्रस्तुत गरेको विषय घाँटी सुक्नेगरी चिच्याएको भनेर भन्न मिल्दैन,’ उनले भने, ‘यो सांसदहरूप्रति र संसद्प्रति जिम्मेवार मन्त्रीले गरेको अपमानको रुपमा मैले बुझेको छु । यसलाई संसद्को रेकर्डबाट हटाइयोस् ।’

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...