कैलालीका भिखु ८७० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् ।

Nast Ad

भजनी नगरपालिका–८ स्थित कांडापुलबाट प्रहरीले ८७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित टिकापुर नगरपालिका–१, सक्तिनगर बस्ने २७ वर्षीय भिखु चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी जनकपुरबाट खटिएको टोलीले साइकलमा यात्रा गरिरहेका चौधरीमाथि शंका लागेपछि जाँच गर्दा उनको साथबाट ८७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको छ ।

पक्राउ परेका चौधरीमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...