सेफ्टी ट्याङ्कीभित्र फसेका तीन मजदुरको मृत्यु

cp new add
Nisharg hospital

बाँकेको कोहलपुर नगरपालिका–३, शान्तिटोलमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेका तीन मजदुरको मृत्यु भएको छ।

Nast Ad

बुधबार बिहान दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेफ्टी ट्याङ्कीभित्र तीन जना मजदुर फसेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालको कमाण्डमा १५ सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार जेसीबीको सहायताले सेफ्टी ट्याङ्की फुटाएर तीनै जनालाई बाहिर निकालिएको भए पनि उनीहरूलाई मृत अवस्थामा फेला पारिएको हो।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ का करिब ४०–४२ वर्षीय कालु थारु, २६–२७ वर्षीय प्रकाश थारु र ३३–३४ वर्षीय बिर्जा थारु रहेका छन्।

घटनाको कारणबारे प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको जनाएको छ। मृतकहरूको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज ल्याउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...