शुक्लाफाँटामा चार वर्षमै १४ बाघ थपिए

cp new add
Nisharg hospital

धनगढी । सुदूरपश्चिमस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटे बाघको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रिय बाघ सर्वेक्षण–२०८२ अनुसार निकुञ्जमा हाल ५० वटा बाघ रहेको पुष्टि भएको छ।

Nast Ad

नेपालभरि गरिएको बाघ सर्वेक्षणको नतिजा विश्व बाघ दिवसको अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज सार्वजनिक गरेको हो।

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार पछिल्लो चार वर्षमा शुक्लाफाँटामा १४ वटा बाघ थपिएका छन्। यसअघि गरिएको सर्वेक्षणमा निकुञ्जमा ३६ वटा बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...