चौधरी ग्रुरुपले नेपालमा सुरु गर्‍यो नानो युरिया झोल मलको बिक्री

cp new add
Nisharg hospital

२७ कात्तिक, काठमाडौं । चौधरी ग्रुरुप अन्तर्गतको सीजी एग्रो कम्पनीले नेपाली बजारमा नानो युरिया झोल मल बिक्री सुरु गरेको छ ।

Nast Ad

आइतबार एक कार्यक्रमको आयोजना गर्दै सीजी एग्रोले सीजी इफ्को नामक नानो युरिया मल भित्र्याएको घोषणा गरेको हो । भारतका पूर्व केन्द्रीय रेल्वे मन्त्री सुरेस प्रभु र चौधरी ग्रुुरुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उक्त मल नेपाली बजारमा भित्र्याइएको घोषणा गरे ।

सीजी एग्रोले बिक्री गर्ने मल भारतीय फार्मर फर्टिलाइजर को–अपरेटिभ लिमिटेडले उत्पादन गरेको हो । पानीमा मिसाएर वनस्पतिको पातमा छर्किने यो मलले नेपालमा रासायनिक मल अभावलाई चिर्ने सीजी एग्रोको दावी छ ।

हाल परम्परागत रुपमा प्रयोग गर्दै आएको एक बोरा (५० किलो ) युरिया मल बराबर यस्तो मल ५०० एमएल भए पुग्ने कम्पनीले जनाएको छ । स्प्रे वा ड्रोनमार्फत छर्न सकिने यस्तो मल दाना युरिया भन्दा सस्तो हुने कम्पनीको दावी छ । नानो युरियाले जमिनको उत्पादकत्व बढ्ने र मलको प्रयोग सही ठाउँमा हुने दावी गरिएको छ । नेपालमा मल अभाव चरमउत्कर्षमा पुगेपछि गत फागुनमा सरकारले नानो मल प्रयोगको अनुमति दिएको थियो ।

गत वर्ष नानो मलको प्रयोगबारे कृषि अनुसन्धान परिषद् नार्कले गरेको परीक्षणमा निकै प्रभावकारी देखिएको थियो । नार्कका वैज्ञानिकहरुले स्थानीय ज्यापु काउलीमा गरेको प्रयोगमा यस्तो मलबाट हुने कुल लागत अन्य मलबाट भन्दा प्रतिहेक्टरमा ८ हजार १५० रुपैयाँले सस्तो पाइएको थियो । यस्तै उत्पादनका हिसाबले पनि झोल बढी प्रभावकारी देखिएको नार्कको दावी छ ।

नार्कले गरेको परीक्षणमा झोल मल प्रयोगगर्दा प्रतिहेक्टर ४.६७ मेट्रिकटन बढी उत्पादन पाइएको छ । नार्कका अनुसार दाना युरिया मल एक बोराबराबर यस्तो आधा लिटरको एक बट्टा मललाई भारतीय रुपैयाँ २५० पर्ने उल्लेख छ । अहिले एक बोरा दाना युरिया मललाई ७५० रुपैयाँ पर्छ । नानो युरिय मलको प्रतिलिटर मूल्य नेपाली बजारमा ५०० सयदेखि ६ सय रुपैयाँ प्रतिलिटर पर्ने र यो दाना युरिया भन्दा पाँच गुणा सस्तो हुने कम्पनीको दावी छ ।

भारत लगायतका बजारमा व्यापक प्रयोग भएको यस्तो मल आयात अनुमति माग्दै गत वर्ष नै दुई वटा कम्पनीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा निवेदन दिए पनि कानुन अभावमा सरकारले अनुमति जारी गरेको थिएन । यसअघि नेपालमा गोप्य रुपमा केही मात्रामा यस्तो मल नेपालका चिया किसानहरुले प्रयोग गरेका थिए । झोल युरियाको नयाँ अनुमतिसँगैं नेपालमा रासायनिक मल आयात अनुमति हुने मलको संख्या ५३ पुगेको छ ।

 

 

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...