कैलालीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

cp new add
Nisharg hospital

कैलाली । भजनी नगरपालिका–३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

मंगलबार दिउँसो प्रहरीले शंका लागी चेकजाँच गर्दा घोडाघोडी नगरपालिका–२ का ३६ वर्षीय कृष्ण चौधरीको साथबाट ५१० मिलिग्राम पदार्थ बरामद भएको थियो ।

यस्तै, सोही स्थानबाट गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा भजनी नगरपालिका–८ का ३३ वर्षीय देवेन्द्र शाही र अछामको साँफेबगर नगरपालिका–१० का ३० वर्षीय अनिल भुलको साथबाट ७५० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरू सवार से प ३६६२ र भे३ प ९४८४ नम्बरका मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...