कञ्चनपुरमा भन्सार छलीका सामानसहित दुई महिला पक्राउ

cp new add
Nisharg hospital

कञ्चनपुर । बेलौरी नगरपालिका–६ प्रेमनगरबाट भारतबाट भन्सार छली ल्याइएका सामानसहित प्रहरीले दुई महिलालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले मंगलबार करिब ४९ हजार ८ सय ४० रुपैयाँ मूल्य बराबरका बिँडी, सुर्ती, प्लास्टिक झिल्ली, दुई थान साइकललगायतका सामान बरामद गरेको हो ।

नियन्त्रणमा लिइनेमा बेलौरी नगरपालिका–४ रिछाहाकी ५० वर्षीया राधा राना र वडा नम्बर ५ की ४० वर्षीया पार्वती कार्की रहेका छन् । बरामद सामानसहित उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...