९लाख घुस लिएर रेस्टुरेन्टमा बसेका नापी अधिकृत अख्तियारको फन्दामा

cp new add
Nisharg hospital

काठमाडौं । काठमाडौंका एक जना नापी अधिकृत घुससहित पक्राउ परेका छन्। काठमाडौं नापी कार्यालय डिल्ली बजार ३ नम्बर टोली माछापोखरी काठमाडौंका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वली ९ लाख रुपैयाँ घुस रकमसहित अख्तियारको फन्दामा परेका हुन्।

सेवाग्राहीलाई अनावश्यक हैरानी दिई घुस मागिरहेको उजुरीपछि घुस लिइसकेको अवस्थामा टोखा नगरपालिका-५ को सुन्धारा चोकमा रहेको एक रेस्टुरेन्टबाट अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

उनीविरुद्ध विशेष अदालतको अनुमतिमा घुसररिसवत भ्रष्टाचार सम्बन्धी मुद्दामा म्याद थप भई अनुसन्धान कार्य अगाडि बढाइएको अख्तियारले जनाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...