
सुनसरीको कोशी गाउँपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्।
बिहीबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–००१ ज १५६ नम्बरको माइक्रोबस आफैं अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि सप्तकोशी न्युरो अस्पताल पठाइएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

