जिप र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १० घाइते

cp new add
Nisharg hospital

चितवनको कालिका नगरपालिका– ५ वडा कार्यालय चोकमा जिप र ट्याक्टर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा १० जना घाइते भएका छन् ।

कालिका नगरपालिका–५ को कार्यालय चोकमा मचौली टोलबाट लंकालाइनतर्फ जाँदै गरेको ना ६ त ६४४४ नम्बरको ट्याक्टर र कामिनी घाटबाट वनकट्टातर्फ जाँदै गरेको बाप्र।३–०१–०२४ च ३४७३ नम्बरको जिप एकआपसमा ठोक्किएका हुन् ।

उक्त दुर्घटनाकामा जिपमा सवार कालिका नगरपालिका–३ कि ३५ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले ट्याक्टर चालक कालिका– १ का ४२ वर्षीय बिके स्याङ्वोलाई नियन्त्रणमा लिएको छ । जिप चालक घाइते छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...