byd
care tekar

अभिनेता आरजे मिटको ३४ वर्षको उमेरमा निधन

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । चर्चित अमेरिकी टेलिभिजन शृङ्खला ‘ब्रेकिङ ब्याड’मा वाल्टर ह्वाइटको छोराको भूमिका निर्वाह गरेका अभिनेता आरजे मिटको ३४ वर्षको उमेरमा निधन भएको छ।

sanjiwan
Nisharg

उनी अभिनयका साथै अपाङ्गता अधिकारका पक्षमा वकालत गर्ने एक प्रमुख व्यक्तिका रूपमा परिचित थिए .
मिटको निधन टेक्ससको ब्राउनभिलमा भएको हो। उनको मृत्युको कारण अझैसम्म खुलेको छैन। ब्राउनभिल प्रहरी विभागले घटनाको अनुसन्धान भइरहेको र तत्कालका लागि कुनै ‘शंकास्पद गतिविधि’ (फाउल प्ले) नभेटिएको जनाएको छ।

maya metro
nagrik
Gyan Hotel
udhog
Nav

क्यामरुन काउन्टीकी न्यायधिस सिन्डी हिनोजोसाका अनुसार अक्टोबर १२ मा उनको आफ्नै घरमा मृत्यु भएको हो र थप कारण पत्ता लगाउन शव परीक्षण गरिने भएको छ।

HAMRO DAIRY

मिटका प्रतिनिधि शिन रेलीले एक विज्ञप्ति जारी गर्दै उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले भनेका छन्, “मिटले आफ्नो भूमिकामा वास्तविकता झल्काउँदै अपाङ्गतासम्बन्धी चेतना र समावेशिताका लागि एक बलियो मञ्च निर्माण गरेका थिए।”
स्वयं सेरेब्रल पाल्सी (मस्तिष्क पक्षघात)बाट प्रभावित मिटले ‘ब्रेकिङ ब्याड’मा वाल्टर जुनियरको भूमिकामा आफ्नो वास्तविक जीवनको अनुभवलाई प्रयोग गरेका थिए।

सन् २००८ देखि २०१३ सम्म चलेको यस लोकप्रिय शृङ्खलाले ५८ वटा एमी मनोनयन र १६ वटा अवार्ड जितेको थियो। उनले सन् २०१४ मा यसै शृङ्खलाका लागि ‘स्क्रिन एक्टर्स गिल्ड अवार्ड’ समेत हात पारेका थिए।

मिटको निधनप्रति उनका सहकर्मीहरूले गहिरो शोक व्यक्त गरेका छन्।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...