press
po

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरी गर्न अवरोध, मेयरले कार्यकक्षमा लगाए ताला

cp new add
Nisharg hospital
dhanga
Rubic

विराटनगर । दसैँ बिदाबाट ढिलो गरी कार्यालयमा फर्किएको भन्दै सुनसरीको वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले प्रमुख प्रशासकीय अधिकृतको गाडी सुविधा खोसेका छन् ।

sanjiwan
Nisharg

यस्तै मेयर कार्कीले कार्यपालिकाको निर्णय भन्दै प्रमुख प्रशासकीय अधिकृत राधिका गिरीको कार्यकक्षमा समेत तालाबन्दी गरेका छन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

गिरी दसैँ बिदापछि बिहीबार मात्रै कार्यालयमा हाजिर हुन पुगेकी थिइन् । हाजिर हुन ढिला गएपछि उनी चढ्दै आएको गाडीको सुविधा खोस्दै मेयर कार्कीले कार्यकक्षमा समेत तालाबन्दी गरेका हुन् । मेयर कार्कीले हाजिरी पुस्तिका समेत लुकाएका छन् ।

HAMRO DAIRY
Nav

गिरीले गत चैत्रदेखि वराह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेकी थिइन् । जिम्मेवारी सम्हालेदेखि मेयर कार्कीले गर्ने खर्चमा रोक लगाउन थालेपछि मेयर र प्रमुख प्रशासकीय अधिकृतको सम्बन्ध बिग्रिएको नगरपालिका श्रोतले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृतले जथाभाबी हुने भुक्तानी रोकमा कडाइ गर्न थालेपछि मेयर कार्कीले गिरीको काज फिर्ताको प्रयास गरेका थिए । सङ्घीय मामिला मन्त्रालयबाट गिरीको काज फिर्ता नभएपछि उनले प्रमुख प्रशासकीय अधिकृतले समन्वय नगरेको भन्दै काज फिर्ता गराउने निर्णय समेत गरेका छन् ।

नगर कार्यपालिकाको २०८३ कात्तिक १० गते बसेको ७२औँ बैठकले गिरीलाई अब उप्रान्त कार्यालयमा हाजिर हुन नदिने र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेको मेयर कार्कीले बताए । उनले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेकी गिरीको कार्यसम्पादन, प्रशासनिक कामकाज र समन्वयमा कमजोरी देखिएको बताए ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ बमोजिम स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले खटाउने व्यवस्था छ । सङ्घीय सरकारले खटाएको कर्मचारीलाई फिर्ता बोलाउने, सरुवा गर्ने वा काज फिर्ता गर्ने कानुनी अधिकार पनि सोही मन्त्रालय वा सङ्घीय सरकारसँग मात्र सुरक्षित रहन्छ ।

गिरीले भने कार्यालयमा हाजिर हुन आउँदा हाजिरीमा अवरोध भएको बताइन् । उनले भनिन् , दसैँ बिदा पछि कार्यालयमा फर्किँदा काज फिर्ता गर्ने निर्णय भएको भन्दै हाजिरी गर्न रोक लगाउन खोजियो । यो बाहेक थप जानकारी छैन ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...