


काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ दिङ्बोचेस्थित एक होटलमा आगलागी भएको छ ।



दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख तथा डीएसपी नवीनराजा बुढाथोकीले जानकारी दिए ।प्रारम्भिक जानकारी अनुसार ग्यास पल्टिएर आगलागी भएको खबर आएको उनले बताए ।





आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । आगो निभाउने प्रयास भइरहेको उनले बताए ।






