
४ मंसिर, धनगढी । नेकपा एमालेका नेता तथा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा उम्मेदवार रहेका झपटबहादुर रावलले मतदान गरेका छन ।

निर्वाचन क्षेत्र नम्बर २ स्थित लम्कीचुहा नगरपालिका ९ अन्तरगत दुर्गा आधारभुत विद्यालयको मतदान केन्द्रबाट उनले मत खसालेका हुन ।
यहाँ उनीसँग नागरिक उन्मुक्तिबाट अरुणकुमार चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीबाट कमलेशकुमार चौधरी, नेपाल लोकतान्त्रि पार्टीका देशराम चौधरी उम्मेदवार छन् ।
यस्तै, मंगोल नेसनल अर्गनाइजेसनका पदमबहादुर बुढामगर, नेकपा माओवादी केन्द्रका भगतबहादुर बडुवाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतसिंह बुढाक्षेत्री, नेपाल मजदुर किसान पार्टीका रमेशकुमार रावल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी) का शेखर शर्मा प्रतिस्पर्धामा छन ।
उनी सोही क्षेत्रबाट एमालेका निवर्तमान संघीय सांसद समेत हुन ।

