कञ्चनपुरमा ३ ग्राम ३५० मिलिग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi

कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका–११ स्थित होल्डिङ सेन्टर नजिकबाट आइतबार साँझ खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ ३ ग्राम ३५० मिलिग्रामसहित दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१० बस्ने २२ वर्षीय वीरेन्द्रबहादुर ऐर र २५ वर्षीय रामबहादुर चन्द रहेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको थियो ।

पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...