कैलाली क्षेत्र नम्बर ४ को मतगणना सुरू

cp new add
Nisharg hospital
suchana

५ मंसिर, धनगढी । कैलाली क्षेत्र नम्बर ४ को मतगणना सुरू भएको छ ।

गेटा मेडिकल कलेजको नवनिर्मित भवनमा दुई बजेर ५० मिनेटदेखि गणना सुरू गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा, प्रदेशसभाका दुई र समानुपातिक तर्फको गरेर चार ठाउँमा मतगणना भइरहेका निर्वाचन अधिकृत इन्द्रबहादुर कठायतले जानकारी दिए । उनकाअनुसार एक सय मतको गणना सकिदा परिणाम सार्वजनिक गरिनेछ ।

कैलाली ४ मा नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको क्षेत्र हो । उनीसँग कांग्रेसका सुदूरपश्चिम सभापति बिरबहादुर बलायर प्रतिस्पर्धामा छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...