कैलाली–५ को प्रदेशसभा (२) मा प्रधानमन्त्रीका भतिजा देउवा विजयी

cp new add
Nisharg hospital
suchana

९ मंसिर, धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा(२) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन् । सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका देउवा नौँ हजार ५९१ मतसहित विजयी भएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी समेत रहकी कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाका स्वकीय सचिव पनि हुन् भने प्रधानमन्त्री देउवाका भतिजा हुन् । देउवाका प्रतिद्धन्द्धी नेकपा एमालेका दुर्गाप्रसाद जोशीले छ हजार ३५१ मत प्राप्त गरेका छन् ।

कैलाली–५ बाट एकल सिफारिसमा परेकी आरजुले अन्तिम समयमा समानुपातिकमा बसेपछि प्रदेशसभा(२) का लागि सिफारिस भएका डिल्लीराज पन्तलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउदै कांग्रेसले देउवालाई टिकट दिएको थियो ।

नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरीले चार हजार ३५८ मत ल्याउदै तेस्रो स्थान हासिल गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवराज भण्डारीले तीन हजार ४२२ र कांग्रेसबाट बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले तीन हजार १८२ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभातर्फ पनि नेपाली कांग्रेसले अग्रता कायम गरिरहेको छ । झण्डै ६५ हजार मत खसेकोमा ५५ हजार ८५३ को गणना सकिदा कांग्रेसका डिल्लीराज पन्तले १८ हजार ५२९ मतसहित अग्रता लिएका छन् । पन्तलाई पछ्याइरहेका नेकपा एमालेका नारदमुनी रानाले १७ हजार ६०७ मत पाएका छन् ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...