press
po

कैलाली–५ को प्रदेशसभा (२) मा प्रधानमन्त्रीका भतिजा देउवा विजयी

cp new add
Nisharg hospital
dhanga
Rubic

९ मंसिर, धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा(२) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन् । सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका देउवा नौँ हजार ५९१ मतसहित विजयी भएका हुन् ।

sanjiwan
Nisharg

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी समेत रहकी कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाका स्वकीय सचिव पनि हुन् भने प्रधानमन्त्री देउवाका भतिजा हुन् । देउवाका प्रतिद्धन्द्धी नेकपा एमालेका दुर्गाप्रसाद जोशीले छ हजार ३५१ मत प्राप्त गरेका छन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

कैलाली–५ बाट एकल सिफारिसमा परेकी आरजुले अन्तिम समयमा समानुपातिकमा बसेपछि प्रदेशसभा(२) का लागि सिफारिस भएका डिल्लीराज पन्तलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउदै कांग्रेसले देउवालाई टिकट दिएको थियो ।

HAMRO DAIRY

नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरीले चार हजार ३५८ मत ल्याउदै तेस्रो स्थान हासिल गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवराज भण्डारीले तीन हजार ४२२ र कांग्रेसबाट बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले तीन हजार १८२ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभातर्फ पनि नेपाली कांग्रेसले अग्रता कायम गरिरहेको छ । झण्डै ६५ हजार मत खसेकोमा ५५ हजार ८५३ को गणना सकिदा कांग्रेसका डिल्लीराज पन्तले १८ हजार ५२९ मतसहित अग्रता लिएका छन् । पन्तलाई पछ्याइरहेका नेकपा एमालेका नारदमुनी रानाले १७ हजार ६०७ मत पाएका छन् ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...