बैतडीमा प्रदेशसभा समानुपातिकतर्फ एमालेकोे सबैभन्दा बढी मत

Nisharg hospital

११ मंसिर, बैतडी । बैतडीमा प्रदेशसभा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभाको अन्तिम मतपरिणाम अनुसार एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

Navjiwan hospital adv

प्रदेशसभा सदस्य समानुपातिकतर्फ एमालेले ३० हजार ८७९ मत प्राप्त गरेको छ । भने नेपाली कांग्रेसले २१ हजार ६१९ मत प्राप्त गरेको छ ।

त्यसै गरि नेकपा माओवादी केन्द्र १३ हजार १०२ मत प्राप्त गरेर तेस्रो भएको छ । राप्रपाले २ हजार ११२ र एकीकृत समाजवादीले १ हजार ८४५ मत पाएको छ ।

प्रदेशसभा सदस्य समानुपातिकतर्फ ७७ हजार ४२३ मत खसेकोमा ७२ हजार ३६८ मत सदर र ५ हजार ५५ मत बदर भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

याे पनि हेर्नुस्
Loading...