
११ मंसिर, धनगढी । अछाममा प्रतिनिधिसभाको समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ ।
अछाममा प्रतिनिधिसभा समानुपातिकतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत पाएको छ ।

कांग्रेसले ३० हजार ३४९ मत पाएको छ । नेकपा एमालेले २८ हजार ९९३, नेकपा माओवादी केन्द्रले १२ हजार ५६२, एकीकृत समाजवादीले ४ हजार ३७० र राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार ४७० मत पाएका छन ।
त्यस्तै, क्षेत्र नम्बर १ मा प्रदेशसभा समानुपातिकतर्फको मत गणना पनि सकिसकेको छ । जसमा कांग्रेसले १४ हजार ४२ मत प्राप्त गरेको छ । त्यसै गरि एमालेले १४ हजार १९, माओवादी केन्द्रले ६ हजार ८९१ र समाजवादीले ३ हजार ४४६ मत पाएका छन ।
क्षेत्र नम्बर २ को प्रदेशसभा समानुपातिकतर्फको मत गणना भने भइरहेको छ ।