१७ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको नवजीवन अस्पतालले डायलासिस सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालले सञ्चालनमा ल्याएको सुदूरपश्चिम इन्टरनेशनल डायलासिस सेन्टरको डा. सुभेशराज कायस्थले विधिवत रुपमा मंगलबार उद्घाटन गरेका छन् ।
मार्क इन्टरनेशनल किड्नी सेन्टरसँगको साझेदारीमा अस्पतालले सञ्चालनमा ल्याएको डायलासिस सेन्टर १० बेडको हुनेछ । तत्काल ६ वटा बेडबाट सेवा सुरु भएपनि अन्य बेडका उपकरण जडानको काम जारी छ ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत चक्र कडायतले डायलासिस सेन्टर निर्माण गर्न करीब ७ करोड बराबरको लगानी लागिसकेको जानकारी दिए । प्रदेशमा निजी क्षेत्रबाट पहिलो पटक नवजीवन अस्पतालले डायलासिस सेन्टर सञ्चालनमा ल्याएको हो । अहिले सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पतालमा मात्र डायलासिस सेवा छ ।
याे पनि हेर्नुस्
- फेसबुकबाट प्रतिक्रिया
- प्रतिक्रिया