पुसमा निक्षेपको ब्याजदर यथावत रहने

cp new add
Nisharg hospital

२७ मंसिर, काठमाडौं । बैंकहरुले पुसमा निक्षेपको ब्याजदर नचलाउने भएका छन् ।

Nast Ad

नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माका अनुसार संघले यस्तो निर्णय गरेको हो ।

यससँगै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम १२.१३३ प्रतिशत, बचतको ९.१३३ प्रतिशत र संस्थागत मुद्दति निक्षेपको १०.१३३ प्रतिशतको ब्याजदरले निरन्तरता पाउने भएको हो ।

रेमिट्यान्स निक्षेपमा भने बचत र मुद्दति दुवैमा न्यूनतम १ प्रतिशत बिन्दुले बढी ब्याजदर दिनुपर्ने प्रावधान रहेको छ ।
अहिले बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको छ । यसका बावजुत पुसमा आयकरको प्रथम किस्ता भुक्तानी गर्नुपर्छ ।

पुनर्कर्जा सुविधा नवीकरण नहुने अवस्था र पुसपछि स्थानीय तहको सञ्चित कोषको ५० प्रतिशत मात्रै निक्षेपमा गणना गर्न पाइने प्रावधानका कारण पुःन दबाव बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै पुसमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय भएको कार्यकारी निर्देशक शर्माले जानकारी दिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...