धनगढीमा खुल्यो होटल जियान

Nisharg hospital

१ पुष, धनगढी । धनगढीमा होटल जियान सञ्चालनमा ल्याइएको छ ।

Dhangadhi suchana

होटल जियान हस्पिटालिटी एण्ड थ्री मंकिज बार नाम दिइएको होटलको शुक्रबार कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर, होटेल व्यवसायी संघका अध्यक्ष कलम बम र आन्तरिक राजश्व कार्यालयका प्रमुख गौरीशंकर उपाध्यायले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

करीब डेढ करोडको लगानीमा होटेल सञ्चालनमा ल्याइएको सञ्चालक प्रकाश जोशीले बताए । चटकपुरस्थित ६ लेन सडकको केन्द्रदेखि १ सय मिटरको दुरीमा रहेको होटेलमा खाना, नास्ता र लजको व्यवस्था रहेको उनले बताए ।

गार्डन सहितको क्याबिन, स्तरीय बार तथा सेमिनार हलसमेत छ । आन्तरिक पर्यटनलाई टेवा दिन र स्थानीयस्तरमा रोजगारी प्रवर्द्धन गर्न लगानी गरेको जोशीको भनाइ छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...