धनगढीको एक सहकारीबाट पैँसा चोरी

cp new add
Nisharg hospital
suchana
Nast new

६ पुष, धनगढी । धनगढीको एक सहकारी संस्थामा चोरी भएको छ । उपमहानगरपालिकाको वडा नम्बर १९ फुलवारीमा रहेको सुर्मा साईपाल ऋण तथा बचत सहकारी संस्थामा मंगलबार राति चोरी भएको हो ।

सहकारीको सटरको ताल्चा तोडेर अज्ञात समुहले नगद चोरी गरेको सञ्चालक कुम्भ गिरीले बताए । उनकाअनुसार लकरमा राखिएको एक लाख ९७ हजार रुपैयाँ चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरु सटर फोडेर प्रवेश गरेको दृष्य सीसीटीभी क्यामेरामा कैद भएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...