सातामा प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य

Nisharg hospital

९ पुस, काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा ४०० ले सुनको भाउ उकालो लागेको जानकारी दिएको हो ।

Dhangadhi suchana

गत साताको शुक्रबार सुनको मूल्य तोलामा ९९ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ४०० रुपैयाँ थियो । महासंघले यो साताको शुक्रबारसम्ममा छापावाल सुनको मूल्य १ लाख ३०० रुपैयाँमा आइपुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ८०० रुपैयाँ छ ।

यसबीच साताको आइतबार सुनको मूल्य तोलामा ६०० ले बढेको थियो । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार १०० रुपैयाँले घटेको थियो । बुधबार एकै दिन ८०० ले बढ्दा विहीबार पुनः ३०० ले बढेपनि शुक्रबार एकै पटक १२ सय रुपैयाँ प्रतितोलाले मूल्य घटेको थियो ।

यसैगरी, यो साता चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साता २० रुपैयाँले चाँदीको मूल्य बढेको जानकारी दिएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ७० रुपैयाँ थियो । जुन, यो साता १३ सय ९० रुपैयाँ पुगेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...