धनगढीमा गुरुजी लेडिज बुटिक सञ्चालनमा

Nisharg hospital

१६ पुस, धनगढी ।  धनगढीमा गुरुजी लेडिज बुटिक सञ्चालनमा आएको छ ।  लेडिजका सम्पुर्ण कपडा सहित धनगढी मेनरोड स्थित माछापुर्छे बैकं रहेको घरमा बुटिक सञ्चालनमा आएको हो । फेसन डिजाइनर सहित राखेर बुटिक सञ्चाजन गरेका सतिस जोशीले सुदूरपश्चिममै पहिलो पटक आफुले प्रयास गरेको बताएका हुन् ।

बुटिकका सञ्चालक समेत रहेका जोशीले प्रदेशको राजधानी रहेको धनगढीमा यस्तो किसिमको आधुनिक बुटिक आवश्यक भएकै कारण आफुले सञ्चालन गर्ने प्रयास गरेको बताए । गुरुजी बुटिकले मुल्य, गुणस्तर र समयलाई अरु भन्दा फरक किसिमले राखेको उनले बताए । बुटिकमा लेडिजहरुलाई चाहिने अफिसियल, बिहे, पार्टी, बर्तबन्ध, बर्थडे, एनिभर्सरी लगायत सबै किसिमको समान उपलब्ध छ ।

Dhangadhi suchana

बुटिकको  एक कार्यक्रमका बिच कैलाली उधोग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै कुँवरले ब्यवसाय सफलताको सुभकामना दिए । यस्तो आर्थिक मन्दीका बेला र बैकंहरुले श्रृण समेत नदिइरहेको अवस्थामा आधुनिक किसिमको गुरुजी लेडिज बुटिक सञ्चालन गर्न सफल भएको भन्दै सञ्चालक सतिस जोशीको प्रसंसा गरे ।

धनगढीका लागी मात्रै नभएर यो बुटिक सुदूरपश्चिम प्रदेशकै लागी अति आवश्यक रहेको भन्दै उनले सबैको रोजाइमा बुटिक पर्ने बिश्वास ब्यक्त गरे । यस अघी केही बर्षदेखी सोही ठाउँमा पुरुषका लागी चाहिने सम्पुर्ण कपडा सहित गुरुजी सटिङ सुटिङ सञ्चालनमै छ । सुदूरपश्चिममै उत्कृष्ट बन्न सफल गुरुजी सटिङ सुटिङ जस्तै बुटिकपनि उत्कृष्ट बन्ने सञ्चालकले अपेक्षा लिएका छन् ।

अब लेडिज र जेन्सका लागी चाहिने सबै प्रकारका आधुनिक किसिमले बनाएका कपडा एउटै ठाउँमा उपलब्ध हुने भएपछि ग्राहकहरुलाई पनि सहज हुने सञ्चालकको भनाई छ । बुटिकले २२ जनालाई रोजगारी दिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...