बैतडीको सिगास गाउँपालिकाको बजेट ५५ करोड ९० लाख

cp new add
Nisharg hospital
suchana

बैतडी। बैतडीको सिगास गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि कुल ५५ करोड ९० लाख ७४ हजार एक सय नौ रुपियाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ।

गाउँपालिकाको १७ औँ गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष धाना धामीले बजेट प्रस्तुत गर्दै चालु र पुँजीगत खर्चका लागि विनियोजन गरिएको विवरण प्रस्तुत गरिन्। बजेटअनुसार ३७ करोड ४९ लाख ६७ हजार एक सय नौ रुपियाँ चालुतर्फ र १८ करोड ४१ लाख ७ हजार रुपियाँ पुँजीगततर्फ विनियोजन गरिएको उपाध्यक्ष धामीले बताइन।

बजेट स्रोततर्फ हेर्दा पालिकाले नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानअन्तर्गत नौ करोड ६० लाख रुपियाँ र सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदानअन्तर्गत ८२ लाख ३० हजार रुपियाँ प्राप्त गरेको छ।

नेपाल सरकारबाट प्राप्त राजस्व बाँडफाँटअन्तर्गत १० करोड ७३ लाख ९८ हजार एक सय नौ रुपियाँ प्राप्त गरेको छ। यस्तै प्रदेश सरकारबाट प्राप्त राजस्व २९ लाख ७१ हजार रुपियाँ प्राप्त गरेको छ। नेपाल सरकारबाट प्राप्त ससर्त अनुदान २२ करोड ९९ लाख रुपियाँ प्राप्त गरेको छ भने प्रदेश

सरकारको ससर्त अनुदान ७० लाख रुपियाँ र आन्तरिक आम्दानी ७६ लाख १५ हजार रुपियाँ रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए। यस्तै चालु आर्थिक वर्षको सम्भावित बैंक मौज्दात चार करोड ७० लाख ६० हजार रुपियाँ रहने अनुमान गरिएको उपाध्यक्ष धामीले बताइन्।

बजेट वक्तव्यमा सिगास गाउँपालिकाले स्थानीय आवश्यकता, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारमुखी कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको जनाएको छ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...