बर्दगोरियाले ल्यायो एक अर्ब बढी बजेट

cp new add
Nisharg hospital

धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि एक अबै बढी बजेट ल्याएको छ ।

Nast Ad

सोमबार गाउँपालिकाको १६ औँ गाउँसभामा उपाध्यक्ष गणेशराज गिरी (लालदीप) ले कुल १ अर्ब २ करोड ९१ लाखको बजेट प्रस्तुत गरेका हुन ।

जसमा चालु खर्चतर्फ ३४ करोड ३९ लाख र पुँजीगत खर्चतर्फ ४१ करोड ५२ लाख विनियोजन गरिएको छ ।

यस्तै सामाजिक सुरक्षातर्फ २७ करोड खर्च हुने अनुमान गाउँपालिकाले गरेको छ । ३ करोड ६९ लाख ५३ हजार ५ सय ८१ रुपैयाँ आन्तरिक आय सङ्कलन हुने तथा राजस्व बाँडफाँडबाट १० करोड ७८ लाख ९९ हजार ४ सय १९ आम्दानी हुने अनुमान गाउँपालिकाको छ ।

यस्तै अन्तर सरकार वित्तीय हस्तान्तरण (सङ्घीय सरकार) बाट ५२ करोड २७ लाख प्राप्त भएको छ। भने अन्तर सरकार वित्तीय हस्तान्तरण (प्रदेश सरकार) बाट पाँच करोड ७० लाख ४७ हजार गाउँपालिकालाई प्राप्त भएको छ ।

गत आर्थिक वर्ष २०८१०८२ बाट जिम्मेवारी सरी आएको ३ करोड ४५ लाख छ भने सामाजिक सुरक्षाका लागि २७ करोड आम्दानी हुने जनाइएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...