बाजुरामा परम्परागत ढुङ्गाको जाँतो लोपोन्मुख

cp new add
Nisharg hospital

धनगढी । बाजुराका गाउँघरमा परम्परागत रूपमा आँटा पिठो पिस्न प्रयोग हुने ढुङ्गाको जाँतो विस्तारै लोप हुँदै गएको छ।

Telecome

पहिले पुस्ताको समयमा हरेक घरमा जाँतो अनिवार्य रूपमा हुने गरे पनि अहिलेका नयाँ पुस्ताको घरमा जाँतो खोज्दा पनि भेटिन नसकिने अवस्था आएको स्थानीयहरूले बताएका छन्।

विगतमा गाउँबस्तीमा घरमै जाँतोमार्फत घरायसी प्रयोजनका लागि पिठो, दाल, चामल पीस्ने प्रचलन थियो। तर पछिल्ला वर्षहरूमा गाउँगाउँमा बिजुली पुगेसँगै साना विद्युतीय मिलहरू घरघरमा स्थापना भएपछि परम्परागत जाँतो प्रयोगमा नआउने भएको हो।

पुराना पुस्ताले बनाएका जाँतो अहिले कतिपय घरमा देखिए पनि ती प्रयोगविहीन बनेका छन्। हिमाली गाउँपालिका–६ का रामबहादुर रावतका अनुसार ढुङ्गाको जाँतोसँगै परम्परागत ढिँकी र कोलजस्ता घरेलु सामग्री पनि विस्तारै हराउँदै गइरहेका छन्।

रावतले भने, “पहिले हाम्रो बुवाको पालामा घरमा जाँतो कहिल्यै खाली हुँदैनथ्यो। त्यसैमा पिठो, दाल र चामल सबै पिसिन्थ्यो।” उनका अनुसार अहिले जाँतो प्रायः लोप भइसके पनि यदि यसलाई नयाँ प्रविधिसँग जोडेर संरक्षण गर्न सकियो भने सांस्कृतिक सम्पदाका रूपमा बचाउन सकिने सम्भावना अझै बाँकी छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...