एमालेको चुनावी घोषणा पत्र सार्वजनिक

cp new add
Nisharg hospital

१५ कात्तिक, धनगढी । प्रमुख प्रतिपक्षी दल एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

Telecome

एमालेका अध्यक्ष केपीशर्मा ओलीले मंगलबार दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित विशेष समारोहमा डिजिटल रूपमा चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन ।

घोषणापत्रमा २० हजार शब्द रहेका छन । जसमा अध्यक्ष ओलीले ६ वटा प्रश्न सर्वसाधारणलाई सोधेका छन् भने पार्टीको चुनाव चिन्हमा किन भोट हाल्ने, अरुलाई किन नहाल्ने भन्ने प्रस्ट्याउन खोजिएको छ ।

घोषणापत्रमा सुशासन, विकास, समृद्धि र स्वाधीनता चार संकल्प व्यक्त गरिएको छ । घोषणापत्र सार्वजनिक कार्यक्रममा उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाललगायत उपस्थित छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...